(१) ऐनको दफा २२ को उपदफा (६) को प्रयोजनका लागि स्थानीय निकायले देहाय बमोजिमका सदस्यहरु रहेको फोहरमैला व्यवस्थापनका सम्बन्धमा सुझाव दिन देहाय बमोजिमको समिति गठन गर्न सक्नेछः–
(क) फोहरमैला व्यवस्थापनस्थल रहेको सम्बन्धित
गाउँ विकास समितिको अध्यक्ष – संयोजक
(ख) फोहरमैला व्यवस्थापन स्थलमा पर्ने
वडाका वडाध्यक्षहरु – सदस्य
(ग) फोहरमैला व्यवस्थापन स्थल तथा सो स्थलको
प्रभावित क्षेत्रका गाउँ विकास समितिका
प्रतिनिधिहरु तीन जना – सदस्य
(घ) फोहरमैला व्यवस्थापन स्थल प्रभावित क्षेत्रमा
रहेको स्वास्थ्य संस्थाको प्रमुख – सदस्य
(ङ) प्रभावित क्षेत्रमा रहेको सामाजिक संघ संस्थाहरु
मध्येबाट स्थानीय निकायले मनोनित गरेको
कम्तीमा एक जना महिला सहित दुई जना – सदस्य
(च) फोहरमैला व्यवस्थापन तथा वातावरणको क्षेत्रमा
अनुभव प्राप्त व्यक्ति – सदस्य
(छ) स्थानीय निकायले तोकेको स्थानीय
निकायको कर्मचारी – सदस्य–सचिव
(२) फोहरमैला व्यवस्थापन स्थल एकभन्दा बढी गाउँ विकास समितिमा पर्ने भएमा त्यस्ता सबै गाउँ विकास समितिका अध्यक्षहरु सदस्य हुनेछन् र निजहरु गाँउ विकास समितिको वर्णानुक्रम अनुसार प्रत्येक दुई वर्षमा पालैपालो संयोजक हुनेछन् ।
(३) उपनियम (१) बमोजिमको समितिले आफ्नो काम कारवाही सम्बन्धी कार्यविधि आफैं निर्धारण गर्नेछ ।